काठमाडौंबाट देखिएको ‘इन्द्रेणी’

समाज
31 Shares

काठमाडौं । सोमबार काठमाडौंमा सामान्य बर्षा भयो ।

अपरान्ह काठमाडौं उपत्यकामा पानी परेसँगै केही स्थानमा मनमोहक इन्द्रेणी देखिएको थियो ।

इन्द्रेणी कसरी पर्छ ?

-सुर्यको किरणमा सात रङ हुन्छन् । इन्द्रेणीमा पनि यी सातै रङ हुन्छन् ।

-इन्द्रेणी जहिले पनि पानी परेर घाम लाग्नसाथ लाग्छ ।

-यसरी घाम लाग्नसाथ पर्नुको कारण पानी परेको बेला वायुमण्डलमा पानीका सानासाना कण वा वाफहरु रहेका हुन्छन् ।

-सुर्यको किरण पानीको उक्त कण वा बाफमा पर्नासाथ इन्द्रेणी परेको देखिन्छ ।

-उदाहरणस्वरूप घाम लागेको बेला हामीले मुखमा पानी हाली त्यसलाई पानीका सानासाना कण हुनेगरी फुरुर्र फुरुर्र पारेर थुक्दा पनि हामीले इन्द्रेणी परेको देख्छौ ।

-यसरी देख्नुको कारण पानीका ती सानासाना कणमा सुर्यको किरण परेकाले हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *