काठमाडौं । नेपाल टेलिभिजनबाट हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ ।
नयाँ आर्थिक बर्ष लागेसँगै भद्रगोल प्रशारण भएको छैन ।
भद्रगोलका निर्देशक दीपक आचार्यका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । सम्झौता नविकरण अहिलेसम्म भएको छैन त्यसकारण भद्रगोलको प्रशारण रोकिएको हो ।
आन्तरिक कुराहरु नमिलेकाले सिरियल प्रशारण गर्न नसकेको उनले बताए । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।
अहिले ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकले बताए ।
यसअघि पनि आर्थिक कुरा नमिल्दा ‘भद्रगोल’को प्रशारण रोकिदै आएको थियो ।