युवा नेतृत्वको सहकार्यबाट समृद्धि

अर्थतन्त्र
154 Shares

काठमाडौं । करिब ४० प्रतिशत जनसङ्गख्या युवा रहेको नेपालमा , बिकास प्रकृयामा आम युवाहरुको सहभागिता कसरी गर्न सकिन्छ रु शुसासनका निम्ति युवाको भुमिका के हुन सक्छ रु भन्ने मुल उदेश्यका साथ अमेरीकन युथ काउन्सिल २०१९/२० को आयोजनामा सिभिक इन्गेजमेन्ट अन्तगर्त प्रदेश नम्बर ३ का ४० बर्ष भन्दा मुनिका युवा जनप्रतिनिधिको सहभागितामा अभिमुखिकरण तथा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सामुहिक भावना बाट मात्र समग्र देशको बिकास हुने उल्लेख गर्दै युथ काउन्सिल जस्ता सस्थाले आम युवाको भावनाको प्रतिनिधित्व गरेको बताए ।

फरक प्रशंगमा बस्नेतले नेपालमा अब दुई राजनितिक दलमात्र रहने जिकिर गर्दै मधेश केन्द्रित दललाई कुनै दुई पार्टीमा मिल्न समेत आग्रह गरे ।

कार्यक्रमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्ययले युवा नेतृत्व बिकासका लागि नेपालमा राजनीतिक दलको भूमिका अहम रहेको बताइन् ।

युवाको भावना पन्छाएर, देश समृद्ध नबन्ने भन्दै उपाध्यायले युवा लक्षित कार्यक्रममा बिशेष ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले युवा परिष्नदले ल्याएको युवा लक्षित कार्यक्रमका बारेमा जानकारी गराएका थिए। साथै उनले राज्यले के गर्यो भन्दा पनि युवाले आफ्नो भूमिका खोज्नु पर्नेमा जोड दिए ।

लेखक निलम कार्की नेहारीकाले नेपाली महिलाका निम्ति राष्ट्रिय मुलधारमा प्रशस्त अवसर रहेको बताइन् । आरक्षण र अवसर कुरेर बस्नुभन्दा पनि अवसर सृजना गरेर महिलाले आफुलाई अगाडी ल्याउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा युवा उद्यमी मनिष झाले युवा आफू नेतृत्व गर्न तयार भएर उपभोग भन्दा उत्पादन मुखि हुनु पर्नेमा जोड दिए ।

अमेरिकन दुतावासकी राजनीतिक बिभाग प्रमुख रोजी कट्टेलले युवाहरु देखासिकिमा लागेकोमा दुखेसो पोखिन् । युवा आफुसगँ प्रतिस्पर्धा गर्दै, आफू र समाजको हितमा लाग्नुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रिय योजना आयोगकी पुर्व सदस्य डा। सुमित्रा अमात्यले राज्यले निति तथा कार्यक्रममा बनाउँदा युवा लाई बिशेष प्राथमिकतामा राख्नु पर्ने सुझाव दिइन् ।

कार्यक्रममा सभापति समुन्द्र तिमल्सिनाले संस्थाको भावी योजना बारे जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकार, बौद्धिक व्यक्तित्व, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *