नख्खुमा कैदीले गरे कैदीको हत्या

समाज
0 Shares

ललितपुर।ललितपुरको नख्खु कारागारमा दुई कैदीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ।

कारागारका जेलर वेदप्रकाश अर्यालका अनुसार मृत्यु हुने कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजी हुन्। पवनकुमार महतोले सिमेन्ट ब्लकले हान्दा राजीको मृत्यु भएको हो।

राजीको बीर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो।

कर्तब्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका दुइ कैदी बिच सरसफाइको बिषयमा भनाभनपछि हात हालाहाल भएको थियो।

शुक्रबार बिहान दुई पक्षबीच हानाहान भएको थियो। मानसिक समस्या भएका मृतक राजी बर्दियाका हुन्। उनको हत्या गर्ने महतो कर्तव्य ज्यान मुद्दामा कारागार जीवन बिताइरहेका व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *