लक्का जवानमा स्वस्तिका पनि

मनोरञ्जन
124 Shares

काठमाडौं । हाँस्यकलाकार शिवहरी पौडेलले ‘लक्का जवान’ बाट फिचर फिल्म निर्देशनमा हात हाल्ने भएका छन् ।

राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै उनको निर्देशनमा बन्ने फिल्म लक्का जवान निर्माणको घोषणा गरिएको छ।

कार्यक्रममा ख्यातिप्राप्त हास्य जोडी मह जोडीले लक्का जवान लेखिएको छाता खोलेर सो फिल्म निर्माणको शुरुआत गरेका थिए।

फिल्ममा कथा, पटकथा र संवाद पनि शिवहरिकै रहनेछ। कार्यक्रममा फिल्मका कार्यकारी निर्माता किरण केसीले दाल भात तरकारीको काम भइरहँदा अभिनेता दिलीप रायमाझीले फिल्म निर्माणको प्रस्ताव राखेबमोजिम लक्का जवान निर्माण गर्न लागेको बताए।

‘दिलीप भाइले अमेरिकाबाट फर्केपछि मिलेर एउटा फिल्म बनाउँ, निर्देशनचाहिँ“ शिवहरि पौडेल दाइ र तपाइँले गर्नपर्छ भन्नुभएको थियो।

शिवहरि पौडेलले अरूको फिल्ममा काम गर्दा जति सजिलो हुन्छ, आफैंले निर्देशनको काम अघि बढाउँदा निकै कठिन अनुभव गरेको बताए। ‘हुन त १२ वर्षसम्म टेलिफिल्म जिरे खुर्सानी निर्देशन गरेको अनुभव छ।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले लक्का जवान टिमलाई शुभकामना दिँदै आफू शिवहरिसँग विभिन्न प्रहसनमा सहकार्य गर्दै आएको चर्चा गरे। ‘शिवहरि पहिला आफू हास्ने र पछि अरूलाई हँसाउने कलाकार हो। फिल्म निर्देशनका लागि उसलाई आशिर्वाद छ।’ उनले भने।

अर्का हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले शिवहरिले रंगमञ्च र टेलिफिल्ममा लामो अनुभव बटुलेकाले फिल्ममा पनि राम्रो गर्न सक्ने विश्वास व्यक्त गरे।

आमा बगलामुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मको फिल्मका निर्माता ध्रुव वन्त तथा अनुसुया श्रेष्ठ वन्त रहेका छन् भने कार्यकारी निर्माता किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल रहेका छन्।

फिल्ममा दिलीप रायमाझी, सलोन बस्नेत, किरण केसी शिवहरि पौडेल, राजाराम पौडेल, जयनन्द लामा, रमेश केसी ‘मट्टारे’, सुरेन्द्र केसी, धनीराम मुस्कान, सुशील पोखरेल, प्रियंका कार्की, वर्षा शिवाकोटी, मनीषा श्रेष्ठ, सविता गुरुङ, अञ्जु महर्जन, डोल्मा शेर्पा, स्वस्तिका लामिछाने लगायतको अभिनय रहने छ ।

गामी भदौको पहिलो साता सुटिङ फ्लोरमा जाने फिल्म चैत ७ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *