एयरपोर्टमा पक्राउ परे क्लब डेजाभुका सञ्चालक

समाज
0 Shares

काठमाडौं । काठमाडौं दरबारमार्गमा रहेको क्लब डेजाभुका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् ।

हङकङबाट काठमाडौं आउने क्रममा श्रेष्ठलाई त्रिभुवन एयरपोर्टबाट पक्राउ गरिएको केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

श्रेष्ठलाई हङकङबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोलको माइन्ड सिष्टममार्फत अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

यसकारण पक्राउ परे

श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

ललितपुरको झम्सीखेल बस्दै आएका श्रेष्ठविरुद्ध बैंकिङ कसुरको मुद्दा चलिरहेको छ।

मनोज श्रेष्ठलाई दोलखा घरभई काठमाडौं बस्ने विश्वराम श्रेष्ठले डेजाभूको सेयर बिक्री र मर्मतसम्भारका लागि भन्दै विभिन्न मितिमा २ करोड रुपैयाँ दिएका थिए ।

विश्वरामलाई मनोजले फरक मितिमा दिएका एक–एक करोडका दुई वटा चेक बाउन्स भएपछि विश्वरामले बैंकिङ कसुरमा २०७५ पुस १३ गते जाहेरी दिएका थिए।

यसैबीच, उनीविरुद्ध २०७५ माघ १५ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *