राम्री तृप्ति (फोटोफिचर)

ENTERTAINMENT
Spread the love

काठमाडौं । आफ्नो अलग्गै पहिचान बनाउने उत्साहका साथ कलाकारिता क्षेत्रमा संघर्षरत सुन्दरी हुन्, तृप्ती श्रेष्ठ । सानैदेखि स्कुलमा अतिरिक्त कार्यक्रम हुँदा गायन र नृत्यमा भाग लिने उनी बुबा र दिदी कलाकारिता क्षेत्रमै भएकाले रंगिन दुनियामा आउन प्रेरित गरेको बताउँछिन् ।

उनले दुई वटा चलचित्र, केही म्युजिक भिडियो र केही सर्ट मुभीमा काम गरिसकेकी छिन् । मिसेस राजधानीमा फोटोजेनिक र म्यानेजमेन्ट च्वाइस अवार्ड उनले आफ्नो पोल्टामा पार्न सफल भइन् ।

यस क्षेत्रमा बाहिरबाट हेर्दा जति सजिलो हुन्छ, भित्र प्रवेश गर्न त्यति सहज नहुने उनको अनुभव छ । संगीतको विद्यार्थी समेत रहेकी तृप्ती यस क्षेत्रमा नवकलाकारलाई एकदमै गाह्रो रहेको सुनाउँछिन् ।

के गर्दैछिन् तृप्ती ?

काम पाउन धेरै गाह्रो छ । अझ राम्रो मान्छे भेटिन झनै गाह्रो छ । मैले धेरै समस्या भोगेको छु । मैले उहाँहरुको गलत कुरालाई इग्नोर गर्दा के भन्नुहुन्थ्यो भने ट्यालेन्ट भएर मात्र अगाडि बढ्न सकिदैन । कम्प्रोमाइज त गर्नैपर्छ । अप्रत्यक्ष रुपमा नराम्रो कुरा गर्नुहुन्थ्यो । बारम्बार भेट्नुपर्ने, घुम्न जानुपर्ने आदि ।

किन रोइन् तृप्ति ? (भिडियो)

तर, हरेस नखाई संघर्ष गर्दा एक न एक दिन राम्रो मान्छे भेटिनेमा उनी विश्वस्त छिन् । केही राम्रा मान्छे भेटेर काम पनि गरेको उनले सुनाइन् । भविष्यमा राम्रो कलाकार बन्ने लक्ष्यका साथ संघर्ष गर्दै गरेकी तृप्ती एकदिन राम्रैसँग स्थापित हुनेमा ढुक्क छिन् ।

…अनि लभ त छँदैछ नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *