रत्नपार्क-जमल सडक तत्काल मर्मत गर्न सडक विभागको निर्देशन

समाचार
119 Shares

काठमाडौं । राजधानीको मुख्य केन्द्र रत्नपार्क क्षेत्रका सडकमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न सडक विभागका प्रमुख केशव कुमार शर्माले निर्देशन दिएका छन् ।

राजधानीको अति व्यस्त सडकमा रहेका खाल्डाखुल्डीका कारण हरेक दिन सडक दुर्घटना हुने गरेको छ ।

उक्त सडक क्षेत्रमा दिनहुँ दुर्घटना हुने गरेको तथा यात्रु–चालकलाई असहज भएपछि युवा संघ नेपालका नेता विष्णु त्रिपाठीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

राजधानीको मुख्य सडकको हालत यो छ,दुरदराजमा के होला?सम्बन्धित निकायको ध्यान जाओस।#रत्नपार्क #मुख्यसडककोदुर्दशा

Posted by Bishnu Hari Tripathi on Tuesday, July 23, 2019

नेता त्रिपाठीको ध्यानाकर्षणलगत्तै सडक बिभागका प्रमुख शर्माले सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिएका हुन् ।

पानी पर्न रोकिनासाथ सडक मर्मतको काम सुरु गरिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *