काठमाडौं । छविराज ओझा सिनेमा निर्माणमा जति सफल छन्, उनको वैवाहिक जीवन त्यति नै असफल छ।
हेमा, गीताञ्जली, रेखा हुँदै शिल्पा पोखरेलसम्म आइपुग्दा उनका श्रीमतीको संख्या चार पुगेको छ।
तीन जनासँग सम्बन्ध टुटिसकेको अवस्थामा उनको चौथो वैवाहिक जीवन पनि धरापमा छ।
पछिल्लो समय शिल्पासँग सम्बन्ध बिग्रिएपछि छवि ओझाले विवाह नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब म बिहे गर्दिनँ। म शिल्पाजीसँग नै बस्न चाहन्छु। यदि शिल्पासँग सँगै बस्ने अवस्था भएन भने पनि मेरो अन्तिम बिहे यही हो। अब कुनै बिहे गर्दिन ।’
शिल्पासँग सजवन बिताउन नपाए अब आफू एक्लै नै जीवन बिताउने छविको योजना छ ।