यसरी लगाउनुहोस् मेहन्दी

स्वास्थ्य/जीवनशैली
9 Shares

काठमाडौं । साउन महिलाको विशेष महिना हो । महिनामा महिलाले व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिने भएकाले यो महिना उनीहरूका लागि विशेष मानिन्छ ।

त्यस्तै पहिरन र शृंगारमा पनि रङको विशेष संयोजन गरिन्छ । जसमध्ये मेहदीको विशेष महत्व हुने गर्छ ।

साउनलाई मेहदीको मौसम भन्दा फरक पर्दैन । अधिकांश महिलाको हात आजदेखि मेहदीले रंगिएको हुन्छ ।

मेहदी किन लगाउने भन्नेमा आ–आफ्नै धारणा पाइन्छन् । कतिपयले मेहदीलाई धर्म संस्कृतिसँग जोडेर हेर्छन् भने कतिपयले सौन्दर्यसँग ।

परापूर्वकालमा मेहदीलाई आर्युवेदसँग जोडेर हेरिन्थ्यो । हात–खुट्टामा भएका घाउ–चोटका लागि मेहदी औषधिका रूपमा प्रयोग गरिन्थ्यो ।

आजभोलि यो फेसनका रूपमा विकास हुँदै गइरहेको छ ।

विभिन्न डिजाइन

पछिल्लो समय मेहदीका विभिन्न डिजाइन प्रचलनमा छन् । जसमध्ये अरेबिक डिजाइन, हिना डिजाइन, फेब्रिक मेहदी र ग्लिटर मेहदी बढी प्रयोगमा छन् । त्यस्तै, ब्राइडल र लेटेस्ट अरेबिक सबैभन्दा बढी प्रचलित मेहदीका डिजाइन हुन् ।

ल हातको कुहिनादेखि औँलाको टुप्पासम्म विभिन्न आकारमा मेहदी लगाउन सकिन्छ । यसमा विभिन्न फूल र माछाका आकृति तथा कुनै चित्रको संयोजन हुुने गर्छ ।

बनाउने विधि

मेहदीको पाउडरलाई मलमलको कपडामा छान्ने । त्यसपछि, मेहदीमा ८, १० थोपा तेल राखी तातो पानीमा पेस्ट बनाएर कम्तीमा दुई घन्टासम्म छाडिदिने ।

अलिकति बाक्लो प्लास्टिकको कोन बनाएर मेहदी भर्ने । उक्त कोनमार्फत सजिलै चित्र बनाउन सकिन्छ । अहिले बजारमा कोन सहजै पाउन सकिन्छ ।

मेहदी लगाइसकेपछि माथिबाट तेल लगाउन सकिन्छ । यसो गर्दा मेहदी गाढा बस्छ ।

मेहदी राम्ररी सुक्न दिएर मात्र पखाल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *