कसले पठायो प्रधानमन्त्रीलाई विषदीयुक्त तरकारी ?

समाचार
14 Shares

काठमाडौं । सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा बिषादी परीक्षण नगर्ने निर्णय गरेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ।

यसैबीच, नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिषादी मिश्रित तरकारी (फलफूल) उपहार पठाएको छ।

नेविसंघले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई भारतबाट आयातित तरकारी तथा फलफूल उपहार पठाएको हो।

फलफूल तथा तरकारीसँगै नेविसंघले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा भनिएको छ, ‘भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा बिषादी मिसाइएको पाइएकोमा नेपाल सरकारले चासो राखी नाकामा क्वारेन्टाइन गराउन आदेश दिएकोमा भारतीय दूताबासको अनावश्यक दबाव पश्चात बिना जाँचपास नेपाल भित्राइएकोमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *