काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको बताए ।
सरकारले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि त्यसको आलोचना गर्दै काँग्रेस नेता थापाले भने, ‘भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको छ ।’
https://www.facebook.com/cectvnepal/videos/2523383997701427/
प्रधानमन्त्रीको मान राख्न मास्क नलगाई हिँडे जस्तै महंगो तरकारी खाएर होस् वा तिहुन बिनाको भोजन खाएर होस् सरकारलाई साथ दिन आम नागरिक तयार रहेको थापाको भनाई छ । उनले प्रधानमन्त्रीलाई घुँडामा कत्रो भ्वाङ पर्यो भनेर प्रश्न सोधेका छन् । थापाले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्यो ?’