काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाललाई बनाइने भएको छ।
स्रोतका अनुसार उनको नियुक्तिबारे हाल मन्त्रालयमा अन्तिम छलफल चलिरहेको छ। गत असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद खाली थियो।
राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले पनि सिलवाललाई नयाँ सदस्यसचिवमा नियुक्तिका लागि अन्तिम छलफल भइरहेको बताए।
सिलवाल गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी विष्टको कार्यकालमा सरकारले नेपाल क्रिकेट संघ क्यानका तदर्थ समिति गठन गर्दा सिलवाललाई अध्यक्ष बनाएको थियो।