काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान गरेको एउटा ट्विटले यतिबेला सामाजिक सञ्जाल तरंगित छ।
उनले प्रयोग गरेको भाषालाई लिएर धेरैले विरोध गरिरहेका छन् ।
रिमालले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरु आफैँ चलमलाउँदैनन्। कसैले छोड्छन्, दुःख दिन्छन्। यी छौंडाहरु आफै चलमलाएका हुन् कि कसैले छोडेका हुन् ?’
भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?— Bishnu Rimal (@BishnuRimal) July 7, 2019
कमरेड तपाँई पार्टीको स्यायी कमिटी सदस्य र प्रम ज्युको सल्लाहकार दुबै पद बाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन ।
— Ushakiran Timsena (@bhailiusha) July 7, 2019
एउटा देशको सासक लाई सुझाव दिने ठाउँमा बसेको मान्छेले कस्तो शब्द छान्नु भएको यो भन्दा तल्लो स्थरको शब्द भेटाउनु भएन नेपाली भाषा साहित्य संस्कृति संस्कार र शब्दकोष मा विष्णु रिमाल ज्यु
— Sundar dhital (@Sundardhital2) July 7, 2019
विष्णु सर, यो अमुर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्यान्डल हो ? हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछू ।
— Dr. Vijay Poudel (@drvijaypou) July 7, 2019
आज निर्दोष , पढ्न , लेख्न नपाएका , निम्न बर्गका महिलाहरु , राधादेबी चौधरी जस्ता केटीहरु बोक्सीमा नाममा कुटपिट मा पर्ने यस्तै चेतना बाट निर्देशित भएर न हो ।
— Ushakiran Timsena (@bhailiusha) July 7, 2019
किन घुमाउरो पारामा भन्नू पर्यो रिमाल जी "छौडाहरु भन्ने शब्दमा भिम रावल" नै भन्दिए भै गो नि ! टन्टै साफ ।
— 🇳🇵आलोचक मान्छे🚹️🇳🇵 (@Alochak_Manchhe) July 7, 2019
के हो छौंडाको अर्थ ?
‘छौंडा’ नकारात्मक अर्थमा पेश हुने शब्द हो। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित वृहत् शब्दकोषमा यसका ४ अर्थ रहेका छन्। पहिलोः बालक, शिशु, बच्चो, दोस्रोः छोरो, तेस्रोः दास पुत्र।
चौथो अर्थ हो लोकधारणअनुसार बोक्सी विद्या सिकेकी आइमाइले मानिसलाई पिराउन घर घर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।
नेपालखबरले उनलाई सोधेको थियो, ‘तपाइँको छौंडावाला ट्विट कोप्रति लक्षित होरु’ उनले भने, ‘तोकेर यो कसैप्रति लक्षित गर्ने गरी लेखेको होइन।’