काठमाडौंमा भूकम्पको ठूलो धक्का, केन्द्रबिन्दु भक्तपुर

समाचार
216 Shares

काठमाडौं, २१ असार ।शनिबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस भएको छ ।

शनिबार दिउँसो सवा चार (४:१५) बजे  ४.६ रेक्टर स्केलको भूकम्प आएको हो ।

भक्तपुरको सल्लाघारी आसपास केन्द्रबिन्दु भएर भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

पानी परिरहेको समयमा भूकम्पको ठूलौ धक्का आएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

२०७२ साल वैशाखमा आएको विनासकारी भूकम्पपछि पराकम्प आउने क्रम जारी छ ।

आजको धक्का पनि त्यसैको पराकम्प भएको भूकम्पविद् बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *