स्वर्गको टुक्रा कालिञ्चोक ! (फोटोफिचर)

समाज
92 Shares

दोलखा । कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। कालिञ्चोक भगवती हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

सदरमुकाम चरिकोटबाट करिव १७ किलो मिटर उत्तरमा पर्ने यो मन्दिर ३८४२ मिटर उचाइमा छ ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ।

कालिञ्चोक डाँडाबाट मनोरम हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। कालिन्चोक पुगेपछि प्राय सबैले भन्छन्, ‘आहा क्या राम्रो’ ।

चरिकोटदेखि कुरी बजार सम्म कच्ची मोटरबाटो छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन भने उपलब्ध छैनन् ।

कुरी बजार देखि उकालो करिब १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ। अहिले भने कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म जान केबलकार समेत सञ्चालनमा छ ।

यो पनि हेर्नुहोस्ः

तपाईं नजाने कालिन्चोक ? २१ तस्विरमा हेर्नुहोस् कालिन्चोकको सुन्दरता 

कालिञ्चोकमा हिउँको मज्जा ! १८ तस्विरमा हेर्नुहोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *