फेवातालको सुन्दर तस्विर

Breaking
79 Shares

पोखरा । पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरु संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ कुमारी माछापुच्छ्रे हिमालको छायाँ देख्न सकिन्छ । त्यसैले त डेढ दुई दशकअघि नै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ…..।’ को रचना भएको हो ।

फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमश्रृंखला दृश्यावलोकन पनि गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *