उज्यालो देख्दाको खुशी (भाइरल भिडियो)

समाचार
25 Shares

काठमाडौं । केहि दिन यता एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । त्यो भिडियो हो आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत र एकजना बालकको ।

१५ सेकेन्डको भिडियोमा आँखाको उपचारपछि पट्टी खोलेको बालकले डा. रुइतको अनुहार र टाउको मुसारेको देखिन्छ । दुवैको अनुहारमा खुसी छचल्किरहेको प्रष्ट देखिन्छ । भिडियो सबैले शेयर कमेन्ट गरेर डाक्टर सन्दुकलाई विभिन्न रुपमा सम्बोधन गरेका छन् ।

यो भिडियोमा देखिएका बालक मकवानपुर उत्तरपानीका १३ वर्षीय रोशन थिङ हुन् । रोशनले विगत तीन वर्षदेखि आँखा नदेख्ने भएका थिए ।

उज्यालोपछिको खुशी

http://postmandu.com/news/9390/Roshan Thin, 13 years old blind child overwhelmed when he looked world for the first time!! And the first person he saw was his operating ophthalmologist Dr. Sanduk Ruit.NEWS : http://postmandu.com/news/9390/

Posted by CEC tv nepal on Thursday, July 4, 2019

गत सोमबार र मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालले बारा, सर्लाही र मकवानपुरका विभिन्न स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

मकवानपुरको उत्तरपानी, भार्ता, कालिकाटार, बाराको लालरतनपुर र सर्लाहीको रामानगर लगायतका स्थानमो सञ्चालन भएको शिविरमा १२ सय भन्दा बढी आँखा रोगीहरुले उपचारसेवा पाएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *