चाबहिलमा ग्याङ फाइट: एकको अवस्था गम्भीर, यस्तो छ कारण

समाज
21 Shares

काठमाडौं, २० असार । चाबहिलमा ग्याङ फाइट संलग्न चार जना युवा पक्राउ परेका छन् ।

चाबहिलको पशुपति मावि छेउमा ग्याङ फाइट भएको थियो । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् ।

दुई जना घाइते

शुक्रबार दिउँसो पक्राउ गरेर उनीहरुलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको झगडामा दुई जना घाइते भएका थिए ।

एकको अवस्था गम्भीर

घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । उनको पेटमा छुरी प्रहार भएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हाल उनलाई भेन्टिलेटरमा राखिएको छ । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

कारण

प्रहरीका अनुसार चिया पिउने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा झगडा भएको हो । अहिलेसम्म अन्य कारण नदेखिएको प्रहरीले जनाएको छ ।

यसअघि पुलचोमा ग्याङ फाइट

यसअघि २० वैशाखमा ललितपुरको पुल्चोकमा युवतीको निहुँमा दुई समूहबीच ग्याङ फाइट हुँदा २० वर्षीय अनसल शाक्यको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *