चोरी आरोपमा फेरि समातिए पाकिस्तानी दम्पत्ति

समाज
46 Shares

काठमाडौं, १९ असार । प्रहरीले चोरी गर्ने २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तान इस्लामवाद घर भएका ३२ बर्षका मोहसिन खान र ३१ बर्षीया पुजा मोहसिन खान रहेका छन् । उनीहरु श्रीमान श्रीमती भएको बताइएको छ ।

असार १८ गते साँझ ६ बजेतिर उनीहरुले ललितपुर झोंछेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्सचेन्जमा पैसा साट्ने बहानामा भ्रम छरेर चोरी गरेको पाइएको मानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

५ सय साउदी रियाल युएस डलरमा साट्ने बहानामा उनीहरुले ९०० युएस डलर, ३००० साउदी रियाल र १४०० चाइनिज रुपैयाँ चोरी गरेको एसएसपी थापाले जानकारी दिए ।

उनीहरु भक्तपुर दरबार स्क्वायरमा रहेको स्वीट होम भक्तपुरबाट पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिले पनि चोरी

साथै उनीहरुले वैशाख २९ गते भक्तपुर सूर्यविनायकमा रहेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा पनि चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

सो समयमा उनीहरुले २ लाख ५० हजार चोरी गरेका थिए । त्यसको २ दिनमा उनीहरु पक्राउ परी ५०-५० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।

चोरी आरोपमा पक्राउ परेर धरौटीमा छुटेको दुई महिना नबित्दै पाकिस्तानी दम्पत्ति पुनः पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *