मापसे गरी गाडी चलाउँदा एकसाथ पाँच सवारीसाधनमा ठक्कर

समाज
26 Shares

पोखरा । पोखराको लेकसाइडस्थित हल्लनचोकमा एक भारतीय गाडीले तीन मोटरसाइकल र एक स्कुटीलाई ठक्कर दिएको छ।

एचआर ०९ एल ०००९ नम्बरको सो भारतीय गाडीको ठक्करबाट तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरुको स्थानीय मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।

बुधबार दिउँसो हल्लनचोकमा सो मोटरसाइकल र स्कुटीलाई ठक्कर दिएर भागेको गाडीले गैह्राचौतारीमा अर्को एक ट्याक्सीलाई समेत ठक्कर दिएको थियो।

गाडी चालक अजय बराल र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। चालक बरालले मादक पदार्थ सेवन गरी गाडी चलाएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *