को हुन् ‘टेबुले सलामी’ खाने भाइरल जनप्रतिनिधि ?

समाज
27 Shares

काठमाडौ, ९ असार । पछिल्लो समय सामाजिक सञ्जालमा चित्त नबुझ्ने कुराको उछित्तो नै काढ्ने गरी व्यंग्य र आलोचना हुने क्रम बढ्दो छ ।

यसैको एक उदाहरण हो तलको तस्वीर, जहाँ हामी झट्ट हेर्दा देख्छौँ कसैलाई अग्लो बाँसको टुप्पो (लिंगो) मा राखेर सलामी दिइरहेको जस्तो ।

फोटोशपमा एडिट गरेर भाइरल बनाइएको व्यंग्य तस्विर वास्तवमा यो फोटोशप गरी बनाइएको व्यंग्यात्मक तस्विर हो, जुन तस्विर तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र हाँसो अनि आक्रोशका पात्र बनिरहेकाछन् तस्विरमा देखिने व्यक्ति ।

उनी धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपाल रहेको खुलेको छ ।

तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका नेपाल हाल एकीकृत पार्टी नेकपाका नेता समेत हुन् । एक कार्यक्रममा उनी टेबुलमाथि चढेर सलामी ग्रहण गरिरहेको देखिन्छ भने वरिपरि हेर्नेहरुको भीड समेत छ । उनको यो फोटो बाहिरिएपछि व्यंग्य र आक्रोशमिश्रित प्रश्नहरु उठिरहेका छन्- के हामीले चाहेको गणतन्त्र यही थियो ? पद, शानशौकत, सम्मान र सुविधाका खातिर नेता जनप्रतिनिधिहरु जे पनि गर्न खोज्दा यसरी बदनाम भइरहेका छन् भन्ने यो एक उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *