इन्साइट भिजनको आयोजनामा प्रथम एसईई फुटसल टुर्नामेण्ट

UNCATEGORIZED

काठमाडौं । प्रथम एसईई फुटसल टुर्नामेण्ट बिहीबारदेखि सुरु भएको छ । इन्साइट भिजन कलेजले टुर्नामेण्ट आयोजना गरेको हो ।

प्रतियोगिता अन्तगृत ५८ टिमले प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीहरुलाई खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक बिकेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले दश हजार र दोस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

इन्साइट भिजन कलेज, अरोरा फाउन्डेशन र दीक्षा भिजनको संयुत प्रयासमा आयोजित प्रतियोगिता मण्डिखाटारमा रहेको रेभ फुटसलमा  सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *