काठमाडौं, १६ जेठ । सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ ।
मुस्लिम धर्मावलम्बीको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिएका हुन् ।