१५,३२,९६,७१,००,००० रुपैयाँको बजेटः बढ्यो बृद्धभत्ता

अर्थतन्त्र
33 Shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि १५ खर्ब ३२ अर्बको बजेट घोषणा गरेका हुन्।

आगामी आवका लागि सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बजेट विनियोजन गरेको छ।

आगामी आवमा सरकारले राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख र वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख व्यहोर्दा चार खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख न्यून हुने अर्थमन्त्रीको भनाइ छ।

सो न्यूनपूर्तिको लागि वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाइने उनले बताए। त्यस्तै राजस्व परिचालन र वैदेशिक अनुदान सहायता परिचालन गर्दा पनि अपुग हुने खुद १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट जुटाइने भएको छ।

बृद्धभत्ता बढ्यो

सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको हो ।

वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिकलाई लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *