कर्मचारी तलब बढ्यो, कुन पदको कति तलब ?

अर्थतन्त्र
33 Shares

काठमाडौं । सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा वृद्धि गरेको छ।

सरकारले राजपत्र अनांकित कर्मचारीको तलबमा २० प्रतिशत वृद्धि गरेको छ भने राजपत्र अंकितका लागि १८ प्रतिशतले वृद्धि गरेको छ।

अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को बजेट भाषणमा कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन्।

सरकारले कर्मचारीको महँगी र पोसाक भत्ता यथावत् राखेको छ। बढेको तलब राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षकलगायतमा लागू हुने अर्थमन्त्री डा। खतिवडाले जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *