तातोपानीमा ट्रकलाई रेड कार्पेट

अर्थतन्त्र
304 Shares

तस्विरः रातोपाटी

सिन्धुपाल्चोक । उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।

बुधबार चीनबाट ऊन बोकेर आएको ४ वटा ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्र्याइएको थियो ।

वार्षिक २० अर्बको आयात र तीन अर्ब भन्दा बढीको निर्यात हुने नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *