महिलालाई रुखमा बाँधेर बलात्कार गर्न खोज्दा…

समाज
23 Shares

धनगढी, ४ जेठ । महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महिलालाई जंगलमा लगेर रुखमा बाँधी बलात्कार गर्न खोज्ने कैलारी गाउँपालिका–८ का २४ वर्षे मनिश चौधरीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–६ को मसुरिया र कनरी बिचमा रहेको भारताल जंगलमा बलात्कार गर्न खोजेको सूचना आएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो।

प्रहरीका अनुसार महिलालाई डर देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर बलात्कार गर्ने प्रयास गरिरहँदा पीडित महिना भाग्न सफल भएकी थिइन्।

बलात्कार गर्न खोज्ने पक्राउ

धनगढीमा पनि बलात्कार गर्न खोजेको आरोपमा अर्का एकजना पक्राउ परेका छन्। हसनपुरमा शुक्रबार राती युवतीको कोठामै प्रवेश गरी जबरजस्ती गर्न खोजेको आरोपमा डोटीका धनकुमार जोशीलाई वडा प्रहरी कार्यालयले धनगढी पक्राउ गरेको हो।

धनगढीस्थित हसनपुरका स्थानीय दिपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले राति साढे १ बजे तिर २० वर्षीया युवतीको कोठामै गएर बलात्कारको कोशिस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *