हिमाल चढेर फर्केका दुई पर्वतारोहीको मृत्यु, एक जना बेपत्ता

समाचार
51 Shares

ताप्लेजुङ, २ जेठ । कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको छ । बुधबार साँझ कञ्चनजङ्घा आरोहण गरेर फर्किदै गरेका दुई भारतीय आरोहीको मृत्यु भएको हो।

भारतको कोलकत्ताका विप्लव वैद्य र कुन्तल करारको मृत्यु भएको पीक प्रमोशन प्रालिका अध्यक्ष केशव पौडेलले जानकारी दिए । अर्का एक पर्वतारोही भने बेपत्ता छन् ।

उनीहरु सबै पीक प्रमोशन प्रालिमार्फत् कञ्चनजङ्घा आरोहणका लागि गएका थिए।

आरोही बेपत्ता

बुधबार साँझ नै शिखर पुगेको जानकारी दिएका चिलीका पर्वतारोही बेपत्ता भएको पौडेलको भनाइ छ। उद्धारका लागि हेलिकप्टर पठाएको भए पनि घटनास्थलमा पुग्न सकेको छैन।

गाईड र आरोही गरेर बिहीबार एकसाथ ५० जनाको टोली कञ्चनजङ्घा शिखरमा पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *