चीनमा विकिपिडियाका सबै संस्करण बन्द

विश्व
14 Shares

काठमाडौं, २ जेठ । चीनमा विकिपिडियाका सबै संस्करण बन्द भएका छन् ।

विश्व शब्दकोष विकिपिडियाको सञ्चालक विकिमिडिया फाउन्डेसनले चीनले सबै भाषाका विविपिडिया साइटहरू खोल्न नमिल्ने बनाएको पुष्टि गरेको छ ।

चीनमा बन्द गरिएका हजारौँ वेबसाइटको सूचिमा विकिपिडिया पनि परेको इन्टरनेट सेन्सरसिपका अनुसन्धाताहरूले जनाएको बीबीसीले लेखेको छ ।

चीनले चिनियाँ भाषाको विकिपिडिया यसअघि नै बन्द गरेको थियो। उक्त प्रतबन्ध बढाएर सरकारले अरु भाषाका साइटहरू पनि बन्द गरिदिएको समाचारमा उल्लेख छ।

विकिपिडिया साइटहरू खोल्न नमिल्ने बनाइएकोबारे आफूलाई कुनै सूचना नदिइएको विकिमिडियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *