कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार, यस्तो छ कारण

समाज
40 Shares

काठमाडौं, २ जेठ । राजधानीको कालोपुलमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।

घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले २० बर्षीया जेनी खड्कामाथि एसिड छ्यापेका हुन् । एसिड प्रहारबाट जेनी गम्भीर घाइते भएकी छन् । उनको गाला, छाती र हात जलेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ । जेनी गत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्।

भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर जेनीमाथि एसिड प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा यसअघि २०७१ फागुनमा ट्युसन पढ्न गएका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *