संसदमा मुक्का हानाहान, एक जना अस्पताल भर्ना

समाचार
20 Shares

एजेन्सी । शनिबार हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ ।

सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भएको थियो ।
घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ ।

हङहङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुरदगी गरिने व्यवस्था छ ।

प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिङको हङहङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङहङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ ।

सांसदहरु टेबल चढ्ने, एक अर्कालाई गाली गर्ने र दुई पक्ष भएर एक अर्कालाई ठेले । यस घम्साघम्सीबीच एक सांसद ग्यारी फ्यान बेस्कन पछारिए । लोकतन्त्र पक्षधर सांसद ग्यारी लडेर गम्भीर घाइते भएपछि अस्पताल लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *