होटल याक एन्ड यतीबाट १२ भारतीय पक्राउ

समाज
22 Shares

काठमाडौं, २८ वैशाख । दरबारमार्गस्थित होटल याक एन्ड यतीबाट प्रहरीले १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरले नियन्त्रणमा लिएका उनीहरू भारत उत्तर प्रदेशका हुन् । उनीहरूको नाम भने खुलाइएको छैन ।

नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *