मिस नेपाल वर्ल्ड २०१९ को ताज अनुष्कालाई (तस्विरसहित)

मनोरञ्जन
83 Shares

काठमाडौं, २७ वैशाख । मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ भएकी छन् । बिहीबार भएको फाइनलमा अनुष्काले सबै प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।

त्यस्तै मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मिरा कक्षपति र मिस नेपाल सुपरनेसनल रोज लामा बनेकी छन् ।

मुख्य उपाथिका साथ विभिन्न सब टाइटल अन्तर्गत अवार्ड प्रदान गरिएको थियो । सबटाइटल अन्तर्गत न्यान्सी बोगटीले बेस्ट फ्रेन्डशिप अवार्ड प्राप्त गरिन् । मिस ब्युटिफुल अवार्ड मिरा कक्षपतिले हात पारिन् ।

त्यस्तै मिस ग्ल्यामर अवार्ड तथा मिस फोटोजेनिक रोज लामा, मिस इन्टिलेक्चुअल तथा मिस फेसिनो अनुष्का श्रेष्ठ, बेस्ट नेचुरल स्किन जेनी महर्जन, मिस कन्फिडेन्ट निशा पाठक, पपुलर चोइस रिया बस्नेत, मिस ट्यालेन्ट प्रदिप्ता अधिकारी बन्न सफल भए ।

हिडन ट्रेजरको आयोजनामा भएको मिस नेपाल २०१९, मिस नेपाल सिरिजको २५ औ प्रतियोगिता रहेको थियो । १४, ७ हुदै कन्टेस्टेन्टमा रहेका सर्ट लिस्टेड सहभागीलाइ बिजेताले पछि पारेकी थिइन् ।

हेर्नुहोस् अनुष्काका तस्विरहरु:

View this post on Instagram

Day off after 3 weeks got me like…

A post shared by Anushka Shrestha (@anshkashrestha) on

View this post on Instagram

🕶☀🏊🏄 #sydneysummers PC: @nehamanandhar

A post shared by Anushka Shrestha (@anshkashrestha) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *