बाटो पिच नभएपछि बौद्धमा यो बेहाल (फोटोफिचर)

समाज
80 Shares

काठमाडौं,२६ वैशाख । चाावहिल जोरपाटी सडक पिच नगरी सरकारले धुलो खुवाएको भन्दै स्थानीय जनता र व्यापारीहरु आन्दोलनमा उत्रेका उत्रिएका छन् । २०७२ सालदेखि थालिएको काम २०७६ सम्म पिच नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिका हुन् । स्थानीयले आज चुच्चेपाटीदेखि जोरपाटीसम्म सडक बन्द गरे ।

प्रहरीका गाडीलाई समेत गुड्न नदिएका स्थानीयले शंख फुकेर सरकार तथा ठेकेदारको विरोध गरेका हुन् । उनीहरु विभिन्न प्लेकार्ड सहित सडकमा उत्रिएका छन् । उनीहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सबडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि लगायत ५ कम्पनीसँग सम्झौता भएको थियो।

उचित मुआब्जा दिएर मात्रै सडक आसपासका घर भत्काउन अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको तर्क गर्दै ठेकेदार कम्पनी जिम्मेबारीवाट पन्छिदै आएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पनि सोही तर्क गर्दै आएको छ।

जोरपाटी-थली-साँखु सडक पनि उस्तै

बागमती पुलबाट थलीसम्मको २‍.४ किलोमिटर सडक विस्तारमा तीन वर्षमा ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ। २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्ने भएपनि हालसम्म काम चलिरहेको छ।

बज्र गुरु च्याङ्मिलारखानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिण ढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको भन्दै ढिलाई गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *