सरकारलाई युवाहरुको खबरदारी

समाज
20 Shares
  • मौसम पौडेल

काठमाडौं, २५ वैशाख । राष्ट्रिय युवा अधिकार सञ्जालका युवाहरुले राजधानीको माईतीघर मण्डलामा सरकारका विरुद्ध खबरदारी कार्यक्रम आयोजना गरेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या, ३३ किलो सुन काण्ड, एनसेल कर प्रकरण, बालुवाटारको जमिन खरिद विक्री गर्ने व्यक्तिहरुलाई कारवाही तथा वाईडबडी खरिद प्रकरणका दोषीलाई कारवाही लगायतका पाँच गम्भिर प्रकरण विरुद्ध युवा अभियन्ताहरुले सम्बधिन्त निकायलाई खबरदारी गरेका हुन् ।

राष्ट्रिय युवा अधिकार सञ्जालले आयोजन गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले सरकारलाई खवरदारी गरेका थिए ।

युवाहरुले निरन्तर आवाज उठाउनु पर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । लोकतन्त्रको सुदृढीकरणको लागि युवाहरुको मुख्य भूमिका रहनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *