प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा

NEWS
Spread the love

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको बोल्ने भाषाशैलीलाई लिएर संसदमा हंगामा भएको छ।

प्रधानमन्त्री ओलीले संसदमा बोल्दै ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’  भनेपछि संसदमा हंगामा भएको हो।

नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा गएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसदहरुले आ-आफ्नो सिटबाट उठेर विरोध जनाए।

उनीहरुको विरोधबीच सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली र कांग्रेस सांसदबीच भनाभन चलेको थियो। ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्दै आफ्नो भनाइको बचाउ गरेका थिए। उनले थपेका थिए, ‘तपाइँहरुलाई जवाफ चाहिएको छ कि छैन ?’

ओलीले यसो भनिरहँदा कांग्रेस सांसदहरुले विरोध जनाइरहे। प्रमुख प्रतिपक्षी र प्रधानमन्त्रीबीचको जुहारीमा सभामुख महरा विचारा देखिएका थिए। सभामुखले संसदको गरिमा कायम गर्न नसकेको कांग्रेस सांसद मिनेन्द्र रिजालले बताए। ‘हामीले संविधानको पालना हुँदैन कि भनेर संशोधन दर्ता गर्यौं। संविधान पालना गराउने काम भएन’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *