पीडामा प्रहरी : पैंचौ दिए भात पाक्छ, नदिए चाउचाउ

समाज
55 Shares

बझाङ । बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरूको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एकजना प्रहरी जवान खरको झुप्रोमुनि भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काटदै थिए । एकजना सिलौटामा मसला पिस्दै थिए ।

प्रहरीका अनुहार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, दुई छाकपछि भान्सामा भात पाक्दै छ। सब मुख मिठ्याएर बसेका छन्।

गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरूले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा ९४० किलो० चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ ।

विकट ठाउँ छ सर पैंचो पाएको दिन भात खाने हो, नभए चाउचाउ, बिस्कुटले नै चलाउँछौं हवल्दार भवानीदत्त भट्टले भने । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *