गलत रगत दिँदा ५ बर्षीया बालिकाको मृत्यु

समाचार
19 Shares

काठमाडौं, २४ वैशाख । बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुले बताएका छन् ।

सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुमा समस्या देखिएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल परेको बताएर शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । बालिकाका काका सुरेन्द्र शाहका अनुसार गत १७ गते शल्यक्रिया गरिएको थियो ।

मेडिकल रिपोर्टहरुमा उनको ब्लड ग्रुप ओ पोजिटिभ लेखिएको थियो । तर, अपरेसनका क्रममा बाहिर आएर डाक्टरले ए पोजिटिभ रगत चाहियो भन्नुभयो । त्यहीअनुसार हामीले ए पोजिटिभ रगत व्यवस्था गर्‍यौं । तर, अपरेसनपछि हामीलाई बिरामी भेट्न दिइएन ।’

उनले गलत रगत चढाउनासाथ आकृतिको मृत्यू भएको हुन सक्ने आशंका व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *