चार आना सुनको लागि निर्मलाको घाँटी थिचे श्रीमानले

समाज
75 Shares

सिरहा, २३ वैशाख । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषा कुमारी मण्डलको दाइजो (चार आना सुन) को कारण हत्या भएको खुलासा भएको छ ।
मनिषाको माइती पक्षले चार आना सुन दाइजोमा थप्न सकेनन् । चार आना सुन नदिएकै कारण मनिषाको घाँटी थिचेर हत्या गरियो । वैशाख २० गते शुक्रबार श्रीमान रामरेश मण्डलले घरभित्रै मनिषाको नृसंश हत्या गरे ।

गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेशसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताए ।

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिने गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आँखाभरी आँसु पर्दै सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *