अस्पतालबाट पक्राउ परिन् पूर्वसांसद गायत्री साह

समाज
57 Shares

काठमाडौं, २२ वैशाख । पूर्वसांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको र अस्पतालमा होहल्लासहित प्रदर्शन गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि उनी पक्राउ परेकी हुन् ।

आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । उनले ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि अस्पतालको लापरबाही देखाउँदै बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने बताउँदै आएकी छन् । उनको छोरा अहिलेपनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन् ।

अस्पतालले भने लापरबाही नगरेको भन्दै सो बच्चा साहले नै जिम्मा लिनुपर्ने बताएको छ । दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *