प्रतिपक्षी दल अत्तालिएको सांसद महेश बस्नेतको आरोप

समाचार
199 Shares

काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले सरकारले नीति तथा कार्यक्रममा ल्याएको लोकप्रिय कार्यक्रमबाट प्रतिपक्ष अत्तालिएको आरोप लगाएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रतिपक्षको टिप्पणी परम्परागत भएको उल्लेख गरे । उनले नीति तथा कार्यक्रम व्यवस्थित र प्रष्ट भएको दाबी गरे ।

सांसद बस्नेतले अहिलेको सरकार बनेपछि विकास निर्माणको अभियानले गति लिएको बताए ।

उनले देशमा विकास निर्माणको कामले गति लिएका कारण केही आयात बढेकाले ब्यापार घाटा देखिए पनि राजस्व भने बढेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *