सिरहा, १३ वैशाख । सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा कञ्चन मण्डल भेटिएकी छिन् ।
स्थानीयका अनुसार:
-बिहिबार बिहान ९ बजे तिर घरको आँगनमा जल्दै गरेको अवस्थामा गाउँलेले देखे ।
-स्थानीयको सहयोगमा उनलाई उपचारको लागि मिर्चैयास्थित एक हेल्थ केयर सेन्टर लगियो ।
-त्यहाँ उपचार सम्भव नभएपछि धरान लगियो ।
-धरानमा पनि उपचार सम्भव भएपछि उनलाई काठमाडौं पठाइएको हो ।
-कञ्चनको शरीरको करिब ५० प्रतिशत भन्दा बढी भाग जलेको छ ।
-उनको अवस्था गम्भिर छ ।
-जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको विषयमा अनुसन्धान हुन बाँकी रहेको जनाएको छ ।
-घाइते कञ्चनले आफूलाई श्रीमान र सासु मिलेर आगो लगाएको बताएको प्रहरीको भनाई छ ।
श्रीमान भारतमा
स्थानीयले भने कञ्चनको श्रीमान बेचु मण्डल करिब तीन महिना अघि नै रोजगारीको लाग भारतको अहम्दावाद गएको जनाएका छन् । आत्महत्या वा हत्याको प्रयास के हो भन्ने प्रष्ट हुन केही समय लाग्ने प्रहरीको भनाई छ ।
भिडियो हेर्नुहोस्ः
https://www.facebook.com/cectvnepal/videos/1127503370763984/
सम्बन्ध
कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् । उनको सासु र श्रीमानसँग राम्रो सम्बन्ध नरहेको स्थानीय बताउँछन् ।
सासु बेहोस
बुहारी जलेको घटनालगतै सासु सूरजी पनि बेहोस भएका थिए । उनको मिर्चैयाको मंगलम अस्पतालमा उपचार भइरहेको छ ।