पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले किन दिए सामूहिक राजीनामा ?

NEWS
Spread the love

काठमाडौं, १२ वैशाख । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले भने सामूहिक राजीनामा दिएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौं महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।

भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिव १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए ।

समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुनः फर्कने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *