मृर्गौला रोगपीडितको यो बिजोग, सहयोगको अपिल (भिडियो)

Breaking
69 Shares

काठमाडौं, २८ चैत । एक बर्ष पुगेर हिँड्ने भएकी छोरीको हात समातेर डुलाउने रहर कुन बाबुको हुँदैन र ? छोरी हाँस्दै, दौडदै गरेको देख्दा यी बाबुका आँखा रसाउन थाल्छन् । डम्मर बहादुर थापा जीवन मरणको दोसाँधमा छन्, अहिले ।

गत माघ १ गते एक्कासी उनका गाला सुनियो । खुट्टा पनि सुनिएर आयो । के भयो भनेर उनी नजिकैको फार्मेसीमा देखाउन गए । चेकजाँचपछि अस्पताल जाने सल्लाह दियो, फार्मेसीले । बीर अस्पताल गएर चेकजाँच गर्दा पुष्टि भयो, उनका दुबै मृर्गौला फेल भएको । उनलाई विश्वास नलागेर फेरि टिचिङ अस्पतालमा समेत देखाउन पुगे । टिचिङले पनि दुवै मृर्गौला फेल भएको रिपोर्ट उनको हातमा थमाइदियो ।

देशमा रोजगारीको अवसर नपाएपछि पैसा कमाएर ल्याउने, विवाह गर्ने र परिवारसँग हाँसीखुसी जिवन बिताउने सुनौलो सपना बोकेर डम्मर २०६९ सालमा कतार उडे । विदेशी भूमीमा सोचेको जस्तो कहाँ हुन्छ र रु भनेको जस्तो कमाइ नभए पनि जसोतसो उनी केही बर्ष त्यहीँ दुख गर्न बाध्य भए ।

२०७२ सालमा उनी नेपाल फर्किए । घरमा दाजुसँग सम्बन्ध राम्रो भएन । दाजु-भाइ छुट्टिएर बसे । २०७३ सालमा डम्मरले सुनसरी प्रकाशपुरकी देवी खड्कासँग विवाह गरे । विवाहपश्चात नेपालमै केही काम गरेर परिवारसँगै रमाइलो गरी जीवन बिताउने सपना साँचेका थिए, उनले । केही समयपछि देवीले छोरीलाई जन्म दिइन् । घरमा लक्ष्मीको प्रवेश भयो भनेर डम्मर र देवी खुशी भए । तर, के थाहा आज आएर मिठो सपनामा यस्तो बज्रपात पर्छ भनेर ।

आफ्नो यस्तो हालत भन्दा पनि डम्मरलाई श्रीमती र सानी छोरीको भविष्यले पिरोल्छ । छोरीको नाम एनिका विष्ट हो । उनी अहिले १५ महिनाकी भइन् । डम्मर छोरीलाई हेर्छन् अनि उनका आँखा रसाउन थाल्छन् । श्रीमतीले सम्झाउन थाल्छिन् । तर, एकान्तमा देवी पनि आँसु नझारी के बस्न सक्थिन् र ? श्रीमानको अवस्था सम्झेर भक्कानो छाडेर रुने गर्छिन् उनी ।

डम्मर हप्ताको दुईपटक डायलसीस गर्न अस्पताल पुग्नुपर्छ । हप्तामा करिब ५-६ हजार खर्च लाग्ने उनी बताउँछन् । त्यसमाथि कहिलेकाहीँ अस्पतालमा लापरबाही हुने गरेको अनुभव उनी सुनाउँछन् । आफूसँग भएको केही रकम र छरछिमेकको सहयोगमा जसोतसो उनले अहिलेसम्म डायलसीस गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका उनले आफ्नो भविष्य अन्धकार देखिरहेका छन् ।

डम्मरलाई सानी छोरीको भविष्यको चिन्ताले धेरै सताउन थालेको छ । छोरीको अनुहार हेर्दै उनी भक्कानिएर रुन्छन् । आफ्नो हालत बिग्रिए पनि छोरीको उज्वल भविष्यको सपना देखेका छन् उनले । तर, उनी प्रश्न गर्छन्, ‘गरिबको सपना कसरी पूरा होला र हजूर ?’ छोरीको उज्वल भविष्यको लागि उनले सहयोगी हात खोजिरहेका छन् ।

सहयोगका लागि डम्मर बहादुर बिष्टको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३३०९०१२११००४९ मा सहयोग रकम जम्मा गरिदिन उनले सबैलाई आग्रह गरेका छन् । उनको सम्पर्क नम्बर ९८१८५९५००० हो ।

भिडियो हेर्नुहोस्ः

छोरीको निम्ति सहयोग माग्दै मृर्गौला रोग पीडित डम्मर बहादुर विष्ट

छोरीको निम्ति सहयोग माग्दै मृर्गौला रोग पीडित:-डम्मर बहादुर विष्टका दुवै मृर्गौला फेल भएपछि उनलाई एक बर्षकी छोरीको भविष्यको चिन्ताले सताउन थालेको छ । छोरीको अनुहार हेर्दै उनी भक्कानिएर रुन्छन् । -आफ्नो हालत बिग्रिए पनि छोरीको उज्वल भविष्यको सपना देखेका छन् उनले । तर, उनी प्रश्न गर्छन्, 'गरिबको सपना कसरी पूरा होला र हजूर ?' छोरीको उज्वल भविष्यको लागि उनले सहयोगी हात खोजिरहेका छन् । -सहयोगका लागि डम्मर बहादुर बिष्टको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३३०९०१२११००४९ मा सहयोग रकम जम्मा गरिदिन उनले सबैलाई आग्रह गरेका छन् । उनको सम्पर्क नम्बर ९८१८५९५००० हो । (सके सहयोग, नसके यो पोष्ट सेयर गरिदिनुहोला)विस्तृतमा हेर्नुहोस्ः http://postmandu.com/news/8268/

Posted by CEC tv nepal on Thursday, April 11, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *