दीपक-दीपाको नयाँ फिल्म: ‘छ’बाटै जुर्यो यस्तो नाम

ENTERTAINMENT

काठमाडौं, २६ चैत । कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले बनाउन लागेको फिल्मको नाम फाइनल भएको छ ।

दीपक र दीपाश्रीले रोहित अधिकारीसँगको सहकार्यमा बनाउन लागेको फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ ।

सोमबार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलबार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हो ।

दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको कारण यो फिल्मको नाम पनि ‘छ’ अक्षरबाटनै जुराइएको बुझिएको छ ।

‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने छ ।

फिल्ममा दीपक र केदार घिमिरे बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको छ ।

२२ बैशाखबाट छायांकनमा जाने तयारी भइरहेको फिल्म दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *