भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका बन्द

NEWS
Spread the love

महेन्द्रनगर, २६ चैत । भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् ।

भारतको उत्तराखण्ड प्रदेशमा आउँदो (अप्रिल ११) चैत २८ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतमा हुने निर्वाचनका वेला सुरक्षालाई ध्यान दिँदै उत्तराखण्ड प्रदेशसँग जोडिएका कैलाली-कञ्चनपुर लगायतका सीमानाका तीन दिनका लागि बन्द गर्न लागिएकोे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मोहन वैद्यले जानकारी दिए ।

उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागी आउँदो चैत २६ गते राति १२ बजेदेखि २८ गते राति ९ बजे सम्म सीमा नाका बन्द रहने छ । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले चुनावका बेला सीमा नाका बन्द गर्ने सहमती गरेको थियो । कैलालीको सिमा भने उत्तर प्रदेशसंग जोडिएकाले बन्द हुने छैनन् ।

चैत २८ गते हुने चुनावलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमानाका २६ चैतको राति १२ बजेदेखि २८ चैतको बेलुका ८ बजेसम्म बन्द रहने छ । बिरामी, एम्बुलेन्सलगायतका आकस्मिक आवत–जावतका लागि भने दुवै देशका अधिकारीबीच समन्वय गरेर निर्णय गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *