काठमाडौं, २४ चैत । कथाकार जिके पोख्रेलको कथा संग्रह ‘गोहो’ सार्वजनिक भएको छ ।
सर्वनाम थिएटरमा समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रूपमा संग्रह सार्वजनिक गरेका हुन् ।
पौड्यलाले जिकेका कथा राजनीतिक तथा सामाजिक विषयवस्तुमा आधारित भएर पनि तटस्थ रहेको बताए । पनेरुले पुस्तकले नेपाली समाजको निकट विगतको ठूला सकसको कथा बोकेकाले यो हरेकले पढ्नै पर्ने पुस्तक भएको बताए ।
कथाकार पोख्रेलको दश वर्षे जनयुद्धको उठानदेखि बैठानसम्मको पृष्ठभूमिमा रहेर आफूले कथा लेखेको उल्लेख गरे । उनले पुस्तक जनयुद्धलाई चियाउने एउटा सुन्दर आँखीझ्याल हुने बताए ।
१० वटा कथा समावेश रहेको गोहोको प्रकाशन अक्षरशालाले गरेको हो । पोख्रेलको यसअघि ‘जून निदाएको रात’ र ‘स्वभिमानको चिता’ सार्वजनिक भइसकेका छन् ।