सामुहिक आत्महत्या प्रकरणः श्रीमतीले लेखेकी थिइन् यस्तो अन्तिम म्यासेज

NEWS
Spread the love

भरतपुर, २३ चैत । ‘बाबा घर आउनुस न, किन आउनु हुन्न ? किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन् ।’ भरतपुरमा एउटै परिवारका तीनै जनाले एकै साथ झुण्डिएर आत्माहत्या गरेको घटना सुनाउँदै जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने ।

एसपी राठौरले भने, ‘उनकी आमाले श्रीमानलाई लेखेको म्यासेज सेन्ट गर्न नपाई ज्यान गएको देखिन्छ । श्रीमानले सुख–दुःख नहेर्ने र शंका मात्रै गर्ने गरेको पीडा सहन नसकेर श्रीमती र उनका दुई सन्तानले समेत एकैसाथ आत्महत्या गरेको देखिन्छ ।’

प्रहरीको प्रारिम्भक अनुसन्धानअनुसार काठमाडौंको स्वयम्भुस्थित नेपाली सेना, असभावखाना ब्यारेकका प्युठ दर्जाका नरबहादुर आलेमगरले श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताकारण एकैसाथ उनका श्रीमती र छोराछोरीले आत्मादहन गरेका हुन् ।

प्रहरीका अनुसार, ‘उनी २–३ दिनअघि काठमाडौंबाट बिदामा हिँडेका मान्छे, श्रीमती र छोराछोरी रहेको घर भरतपुर नआई आफ्नो पुख्र्यौली घर तनहुँको घुमाउने गएर बसेका रहेछन् ।’ आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै भनेकी थिइन्– ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु र सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं ।’

‘तपाईलाई राम्रो होस्, तपाईको उन्नती–प्रगति होस्.. बस.. यस्तै–यस्तै म्यासेज मोवाईलमा लेखेकी रहिछन् तर सेन्ट हुन नपाई उनको ज्यान गएको पाईयो’ एसपी राठौरले भने । श्रीमतीप्रति अनेक शंका र लान्छना लगाउने गरेको र छोराछोरीको पठनपाठन र हेरचाहमा वेवास्ता गर्ने गरेको सुसाईट नोट र श्रीमतीको म्यासेजले देखाएको राठौरले बताए ।

शुक्रवार बिहान भरतपुर नगरपालिका–१८, शशिनगरस्थित ३५ वर्षीया आमा माया आलेमगर, उनका १५ वर्षीया छोरी विनिता आलेमगर र १३ वर्षीय छोरा विवेश आलेमगरले आफ्नै घरको एउटै कोठा, एउटै बलोमा सलको पासो लगाई आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *