काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकासहित लगभग देशैभर मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा बिहानैदेखि शुरु भएको वर्षा अहिले पश्चिमी र पूर्वी क्षेत्रमा समेत फैलिँदै गएको छ । पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको कारण मौसममा बदली आएको हो ।
अहिले देशभरजसो वर्षा भइरहेको छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । वर्षा सँगसँगै हुरीबतास चल्ने तथा चट्याङ पर्ने हुँदा सावधानी अपनाउन मौसमविदले आग्रह गरेको छन् ।
मौसम पूवार्नुमान महाशाखाले आगामी तीन दिनसम्मको मात्र मौसम अनुमान गर्न सक्छ। त्यसकारण आगामी तीन दिनसम्म मौसम गडबड देखिएको छ । आजको जति ठूलो वर्षा भने भोलि हुनेछैन ।
शनिबार रातिसम्मै मौसम बदली हुने छ। वर्षा रोकिँदै पर्दै गर्ने सम्भावना छ ।